सन्  २००७ मा मोडलिङबाट आफ्नो करियर सुरु अनुष्का शर्मा बलिउडमा सफल अभिनेत्री हुन । बलिउड नगरीमा शाहरुखको जोडी बनी रब ने बनादी जोडीबाट उनले चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन्। उनले बलिउडकी तीन खानसँग काम गरिसकेकी छन ।

यति छिटो समयमा उनले बलिउडमा राम्रो पकड जमाइसकेकी शर्माले पीके, सुल्तान लगायतका बल्कवस्टर फिल्ममा काम गरिसकेकी छन ।  सपिङ गर्न औधी रुचाउने अनुष्का सानो सानो कुरामा झर्किने बताइन्छ।

१९८८ मे १ मा जन्मिएकी बलिउड अभिनेत्री अनुष्का शर्मा आजदेखि ३० वर्षकी लागेकी छन् । उनको इन्स्टाग्राम १७ मिलियन भन्दा माथि फ्यान फलोअर्स छन्। सन २०१७ मा  उनी क्रिकेटर विराट कोह्लीसँग वैवाहिक जीवनमा बाँधिएकी छिन्। अनुष्काको मनपर्ने रङ कालो हो। त्यसैले उनलाई धेरै जसो कालो रङको पहिरनमा सजिएको देख्न सकिन्छ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्