गोरखा, पालुङटारको ठाटीपोखरी बजारमा अवस्थित भवानी उच्च मा.वि.को दुई तलाको आठ कोठे भवनको पूर्वरानी कोमल शाहले उद्घाटन गर्नुभएको छ ।
पालुङ्गटार नगरपालिका ५ को ठाँटीपोखरीमा हिमानी ट्रष्टको संयोजन र जापानको जोडो सु बुद्धिष्ट अर्गनाइजेशनको आर्थिक सहयोगमा निर्माण गरिएको भवानी माध्यामिक विद्यालयको बिहीबार पूर्वरानी शाहले हस्तान्तरण गरेकी हुन् ।
चार करोड ९५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको २० कोठे भवनको गत वर्षको मंसिर १९ गते ट्रष्टकी अध्यक्ष हिमानी शाहले शिलान्यास गर्नुभएको थियो ।
विद्यालय हस्तान्तरण कार्यक्रममा कोमलसँगै पूर्वयुवराज पारश शाह, यूवराज्ञी हिमानी शाह आज बिहिबार पालुङ्गटार पुगेका थिए । धेरै समयपछि पारस र हिमानीसँगै समेत देखिएका थिए ।
वि.सं २०७२ सालको गोरखा भूकम्पले विद्यालय भवन भत्काएपछि ट्रष्टले तत्कालीन जिल्ला शिक्षा कार्यालयसँगको अनुमतीमा निर्माणको जिम्मा लिएको थियो ।
कोमल, हिमानीलगायतका अन्य सदस्यहरू गाडीमा पालुङ्गटार पुगे पनि पारस भने फिस्टेल एयरको हेलीकोप्टर चढेर पालुङ्गटार पुगेका थिए ।