“ईन्द्रै बिन्ति गरून् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो’
‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो”

आदरणीय अग्रज व्यक्तित्व, अभिभाबक, प्रजातन्त्रको सेनानी, नेपाली कांग्रेस श्रीनाथकोट गा.बि.स का पूर्व सभापति, पूर्व प्रधानपन्च तथा जनकल्याण मा.बि का सस्थापक अध्यक्ष एबं शिक्षाप्रेमी, जग्गादाता, समाजसेवी आदरणीय व्यक्तित्व लोक प्रसाद ढकालको हिजो राती स्वर्गबास हुनुभएको खबरले दुखित भएका छौ ।

यस दुखद घडीमा स्वर्गिय मृत आत्माको चिर-शान्तिका कामना सहित हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ, साथै निज मृतकका छोराहरु शंकर ढकाल, शिब ढकाल, शेखर ढकाल लगायत शोक सन्तप्त परिबारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौ ।

बिमल भट्ट
सिमपानी न्युज परिवार

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्