काठमाडौं, शुक्रबार, १२ मङ्सिर २०७७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ ।

कोरोना महामारीमा खटिने सबै स्वास्थ्यकर्मीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो ।

मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले आज बिज्ञप्तिसहित जोखिम भत्तासमेत समावेश गरी असोज मसान्त सम्मको ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको स्पष्ट पारेका छन् ।

साथै, कात्तिक महिनाको रकम भुक्तानीको क्रममै रहेको मन्त्रालयले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्