जापान, २३ भाद्र २०७६ । आफ्नो जन्मभुमी नेपाल छाडेर कर्म थलो जापान बनाएका सुर्य खड्काले नेपाली गीत जापानिज भाषामा गाउनु भएको छ ।

यसरी गीत गाउदा सबैले साथ दिनु भएको थियो । नेपाली तथा जापानी सबैले भरपुर् मनोरंजन लिएका थिए ।

पुरानो भाका सबैको मन मुटुमा बस्न सफल “माकुरी जालैमा” गीत देखि अन्य गीत सुन्न मस्त देखिएका थिए भने कोही सुमधुर तालमा रमाउन मस्त देखिएका थिए ।

सुमधुर स्वरका धनी गायक सुर्य खड्काको आवाजमा, मादलमा सुर्य खड्का आफैले बजाउनु भएको थियो । बाँसुरी र सारङगीमा मनु थापाले दिनु भएको थियो ।