सुन तस्करी प्रकरणमा पूर्व डिआईजी गोविन्द निरौला अाइतबार दिउँसाे पक्राउ गरिएकाे छ । निरौला गत २९ चैतमा अवकाश पाएका हुन्।

सुन तस्करी र भरिया हत्या प्रकरणको विस्तृत अनुसन्धान गर्न बनेको सरकारी समितिले तस्करहरूसँग मिलेमताे गरी सुन भित्र्याएकाे निष्कर्ष निकाल्दै नेपाल प्रहरीका पूर्व बरिष्ठ अधिकारीलाई पक्राउ गरेको हो। निराैला कुनै बेला त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल प्रहरी प्रमुख थिए। उनले त्यतिबेला तस्करसँग मिलेर निरन्तर सुन तस्करी गरेकाे प्रमाणित भएकाे छ।

साढे ३३ केजी सुन प्रकरणपछि सरकारले गठन गरेकाे समितिले पक्राउ गरेका निराैला अहिलेसम्मकै पूर्व बरिष्ठ प्रहरी अधिकारी हुन्। अाइतबार दिउँसाे पक्राउ गरिएका उनलाइ महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा राखिएकाे छ। ३३ किलाे सुन काण्डमा हाल सम्म तीन जनाको शंकास्पद मृत्यू भईसकेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्