जापान टोकियो, २६ मङ्सिर २०७५ । अध्ययन, विभिन्न पेशा तथा व्यवसायका लागी जापान आएका पाल्पालीहरुको एकिकृत संस्था पाल्पा समाज जापानको दोस्रो अधिवेशन हुने भएको छ ।

जापानको राजधानी टोकियो स्थित मिनामी ओचुकामा यहि डिसेम्वर ३१ सोमवार अधिवेशन गर्ने समाजका अध्यक्ष निरन्जन गैरेले जानकारी दिएका छन् ।

समाजले दोस्रो अधिवेशनवाट आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन गर्दै जापानका विभिन्न शहरहरुमा संगठन बिस्तार गर्ने योजना रहेको अध्यक्ष गैरेले बताउनु भयो ।

समाजले ५० लाखको अक्षयकोष स्थापना गरि समस्यामा परेकाहरुलाई सहयोग गर्ने अभियान सारेको छ साथै जापानस्थित नेपाली राजदुतावास सहकार्यमा पाल्पामा कृषि सम्वन्धी अत्याधुनिकरण उपकरण भित्र्याउने लक्ष्य लिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्