काठमाडौ, १७ कात्तिक २०७६ । दोलखाको मागादेउरालीवाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सडकबाट सिधै सुनकोशी नदीमा खसेको बसबाछ पाँच जनाको शव निकालिएको छ ।

सो बसमा ३०/४० सवार रहेको हुन सक्ने जिप्रका सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो । स्थानीय पत्रकार नानीराम नेपालका अनुसार अहिलेसम्म पाँच जनाको शव निकालिएको र बस नदीमै डुबेर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

सिन्धुपाल्चोकको सुकुटे र चेहेरको बिचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी सहायक निरिक्षक मनोज कार्कीले पुष्टि गर्नुभयो । हाल उद्धार जारी रहेको र मृत्यु हुनेहरुको संख्या यकिन हुन नसकेको कार्कीले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्