काठमाडौं, १० मङ्सिर २०७५ । विभिन्न चार देशका लागि राजदूतमा सिफारिस गरेका व्यक्तिहरूका विरूद्धमा उजुरी माग गरिएको छ । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले चार देशका लागि राजदूत सिफारिस गरेको थियो ।

संघीय संसदको सुनुवाइ समितिले एक सूचना जारी गर्दै भारत, मलेसिया, युएई र इजरायलका लागि राजदूतमा सिफारिस नीलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्णप्रसाद ढकाल र अञ्जान शाक्य बिरुद्ध उजुरी मागेको हो । उनीहरुलाई राजदूतमा सिफारिस गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र सबुत प्रमाण सहित मंसिर १७ भित्र उजुरी दिन भनिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्