सिन्धुपाल्चोक, सोमबार, १६ मङ्सिर २०७७ । सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकामा नेकपा तथा राप्रपा परित्याग गरी सयौं नेताकार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ८ वडा कार्यसमितिले सोमबार आयोजना गरेको अन्तर्क्रीया तथा पार्टी प्रवेश कार्यक्रममा अन्य पार्टीका सयौं नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेको वडा नं ८ का सभापति एवं कार्यक्रमका सभापती आशिष खड्काले बताए ।

सभापती खड्काका अनुसार नेपाली कांग्रेसका केन्द्रिय सदस्य विष्णु बिक्रम थापाको प्रमुख आतिथ्य तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामाको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति शिव सुनार, सचिव बिल बहादुर तामाङ, सहसचिव अनुप न्यौपाने, कोषाध्यक्ष पासाङ दोङ, लगायत जिल्ला कार्यसमितिका पदाधिकारी तथा प्रतिनिधिहरु,नेपाली कांग्रेस केन्द्रिय सुचना संचार तथा प्रचार विभाग सदस्य सागर श्रेष्ठ,कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ का क्षेत्रीय सभापति आइतमान तामाङ, उपसभापति नवराज भट्टराई, सचिव प्रकाश श्रेष्ठ लगायत क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा प्रतिनिधिहरु, वागमती प्रदेशका प्रदेश सभा सदस्य मा. निमा लामा, इन्द्रावती गाउँपालिका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका महासचिव बंशलाल तामाङ, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, ईकाइ सभापती जनप्रतिनिधि नेविसंघ, तरुण दल, महिला संघ, शिक्षक संघ, पत्रकार लगायतका पार्टीका विभिन्न तहका नेताहरूको विशेष उपस्थिति रहेको थियो ।

नव प्रवेशीलाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य विष्णुबिक्रम थापाले नेपालमा वामपन्थी अधिनायकवादीको बाहुल्यता हुँदा लोकतन्त्रनै खतरामा पर्ने संकेत देखिएकोले सबैलाई लोकतान्त्रिक मुल्य र मान्यतामा आधारित नेपाली कांग्रेसमा गोलबद्ध हुन आग्रह गरे । राणा, राजा, शासन देखी माओवादी द्वन्द्व व्यवस्थापन सम्मका मुलुकमा आइपरेका कठिन परिस्थिति बाट यो देश लाई जोगाउँदै आएको कांग्रेसका सामु अब कम्युनिस्ट बाट मुलुकलाई बचाउने चुनौती थपिएको बताए ।

यस्तै नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामाले पार्टीमा योगदान गर्ने सबै नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिईने बताए । वागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय निमा लामाले जनताको बिकासका लागि आफू जस्तोसुकै योगदान गर्न तयार रहेको बताए । इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले कांग्रेस को लोकतान्त्रिक समाजवादको मुल प्रवाहमा समाहित भएकोमा सबैलाई धन्यवाद दिंदै कांग्रेसमा त्याग र वलिदानीको उचित मुल्यांकन हुने बताए ।

नव प्रवेशीको तर्फबाट बोल्दै राप्रपा परित्याग गरेका प्रमोद खड्काले यो मुलुकलाई संकट परेको बेला जोगाउने साहस कांग्रेस बाहेक कोहि सँग नभएको बताए । विगतमा अन्य पार्टीमा लागेर गल्ती गरेको भन्दै उनले अबका दिनमा भावी पुस्तालाई समेत लोकतान्त्रिक इतिहास बोकेको पार्टी नेपाली कांग्रेसमा लाग्न उत्प्रेरित गर्ने बताए । अर्का प्रवेशी तुलसी खड्काले अबको एकमात्र पार्टी नेपाली कांग्रेस भएकोले सबैले चारतारे झण्डामुनी गोलबद्ध हुन आग्रह गरे ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्