काठमाडौं, २९ मङ्सिर २०७५ । द भ्वाइस अफ नेपालको उपाधि सिडि विजय अधिकारीले हात पारेका छन् । कतारको दोहामा भएको अन्तिम फाइनल प्रतियोगितामा चारजना कोचको प्रत्येक टिमबाट अन्तिममा एक एक जना गरि टप ४ मा पुगेका थिए । भोटिङका आधारमा भ्वाइस अफ नेपाल घोषणा गरिएको हो ।

गायन प्रतिभा प्रस्फुटन गर्ने रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिानालेमा प्रतियोगीहरुका साथै नेपालका चर्चित कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गरेका थिए ।

टप ४ मा पर्नेमा सिडि बिजय अधिकारी, कुशल आचार्य, सप्तक दु्रतराज र श्रिजय थपलिया थिए । फाइनलमा पनि उनीहरुले प्रस्तुती दिएका थिए ।

नेपालको पहिलो ‘दि भ्वाइस अफ नेपाल’ बिजेता भएसँगै अधिकारीले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथै रेनोको एउटा कार प्राप्त गरेका छन् । उनी टिम दिपबाट टप ४ मा परेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्