काठमाडौँ, १६ मङ्सिर २०७५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले योगदानमा आधारिक सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयनको क्रम अघि बढाउनु सकारात्मक भए पनि यसको प्रचार शैली अनावश्यक र भड्किलो भएको टिप्पणी गरेको छ ।

सरकारले कांग्रेसले नै अघि बढाएको कार्यक्रमलाई आफ्नै नयाँ शैलीजस्तै बनाएको कांग्रेसको टिप्पणी छ । आज पत्रकार सम्मेलन गरेर प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ युगको संज्ञा केवल सरकारको बढ्दो अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी मात्रै भएको ठहर गरेको बताउनु भयो ।

नयाँ युगकै संज्ञा दिनु पर्ने हो भने संसदमा पेस भएको दिन, पारित भएको दिन, राष्ट्रपतिबाट प्रमाणिकरण भएको दिन अथवा मंसिर ११ मा तामझाम गरिएको दिन अझ यो कार्यान्वयनमा आउन तय गरिएको ०७६ को साउन १ को दिन । एउटै सन्दर्भमा कतिवटा दिनलाई नयाँ युगको संज्ञा दिने उहाँको भनाइ छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्