२४ पुष २०७५ । देश तथा बिदेशमा विभिन्न सांगेतिक कार्यक्रमहरु भव्यरुपमा आयोजना गर्दे आएको गृस्मा इन्टरटेनमेन्टकोले ‘सिएमसी सप्तरङ्ग साँझ २०१९’ को आयोजना गर्ने भएको छ । स्वदेश तथा बिदेशमा जापान , अस्ट्रेलिया , दुबई लगायतका देशहरुमा कार्यक्रम गरिसकेको गृस्माले यस पटक भने देशै भर अर्थात देशका सातै प्रदेशमा यो कार्यक्रमको आयोजना गर्देछ । जहाँ सात प्रदेशका सात जना कलाकारहरुले आफनो प्रस्तुती दिने भएका छन् । कार्यक्रमा चर्चित एवं लोकप्रिय गायकरामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्माले गीत गाउनेछन् भने मोडल अन्जली अधिकारीले नृत्य प्रस्तुती दिनेछन् ।

यसै गरी कार्यक्रममा हाँस्य खुराक पनि प्रस्तुत हुनेछ । चर्चित कमेडियन सन्दीप श्रेत्रीले दर्शकहरुलाई कमेडीको डोज दिनेछन् । साथै सप्तरङ्ग कार्यक्रममा खेलाडी दीपक बिष्टले आफ्नो खेल दर्शकलाई देखाउनेछन् । यी हस्तीहरुको प्रस्तुती दर्शकहरुले निशुल्क हेर्न पाउँने आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले बताए । माघ १८ गते दमकबाट सुरु यो कार्यक्रमको मुख्य उदेश्य आर्थिक लाभ गर्नु नभई पर्यटकिय स्थानहरुको प्रचारप्रसारका साथै दर्शकहरुको बिशुद्ध मनोरञ्जनका लागि आयोजना गरिन लागेको घिमिरे बताउँछन् ।

सप्तरङ्ग कार्यक्रम दमकपछि माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरामा आयोजना हुनेछ । स्मरण रहोस यसअघि गृस्माले नेपालमा मिका सिंह जस्ता चर्चित गायकको शो नेपालमा आयोजना गरिसकेको छ भने शुभयात्रा साँझ , साकुरा नाईट्स लगायतका कार्यक्रमहरु भव्यरुपमा सम्पन्न गरिसकेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्