ओम पाण्डे, साउदी अरब, २१ पौष २०७५ । मन्जु श्री २८५५ औ सोनाम (फा ल्हो) ल्होछार मुल आयोजक समिति साउदी अरबद्वारा यहि सन् २०१९ जनवरी १८ गते शुक्रबारका दिन ईतिहासमा नै पहिलो पटक साउदी अरबमा २८५५ (फा ल्हो) “सोनाम ल्होछार” तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।

रियाद स्थित एक्जिट १८ स्तराह्स्तराह् (कार्यक्रम स्थल) मा तामाङ्ग जातिका महान पर्ब (नयाँ बर्ष) फा ल्हो सोनाम ल्होछार भब्यताका साथ मनाईने भएको हो ।

उक्त कार्यक्रममा अतिथि कलाकार देशु गोलेको दमदार प्रस्तुति रहने, स्थानिय स्तरका स्तरिय कलाहरु देखाइने, गीत संगीतका साथै नेपाली मौलिकता झल्कने किसिमका प्रस्तुतिहरु सेलो, म्हेन्दोमायाँ लगायत नृत्य तथा अन्य बिबिध प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ ।

यस कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजक समितिका अध्यक्ष श्री राम लामाले बताउनु भयो । यस कार्यक्रमलाई भब्य र सफल होस भन्ने उदेश्य राखी Nepal Investment Bank (Prithvi Remit) ले मुख्य प्रायोजन गरेको छ भने DXN ग्रुप रियादले सह प्रायोजन गर्नुका साथै Al Tayyar Traval बथाले पनि प्रायोजन गरेको छ ।

मिडिया पाटनरमा सिमपानी न्युज, तमाङ आवाज, लाल इन्टर्टेन्ट्मेन्ट, NA मिडिया , अन टाइम टिभी, सेलुङ अनलाइन, तेमाल अनलाईन रहेका छन ।

प्रवासमा रहनु हुने सम्पुर्ण महानुभावहरुमा यस कार्यक्रमलाई सफल पार्न र कार्यक्रमबाट भरपुर मनोरन्जन लिन हुनको लागि आयोजकको तर्फबाट सम्पूर्ण महानुभाबहरुमा हार्दिक आमन्त्रण गर्दछौं।

सिमपानी न्युजको तर्फबाट कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्