काठमाडौं, मंगलबार, ४ कात्तिक २०७७ । नेपाली कां’ग्रेसले सां’सद विकास को’ष, द’सैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउनेतर्फ लगानी बढाउन सरकारलाई आग्रह गरेको छ ।

महामारीको समयमा जनताको जीवन जोगाउने कर्तव्य सरकारको भएको भन्दै कां’ग्रेसले कोरोना परी’क्षण र उपचार निःशुल्क रूपमा गरेर महा’मारीबाट जनतालाई जोगाउन सरकार’सँग आग्रह पनि गरेको छ ।

कोरोना संक्र’मितको उपचार गर्नबाट सरकार प’न्छिएसँगै ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आ’फैं उद्यत रहेको कां’ग्रेसले भनेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सं’क्रामक रोग उपचारको कानुनी व्यवस्थाअनुरूप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने र सरकारले जनताप्रतिको उत्तरदायित्व वहन नगरेको बताए ।

कां’ग्रेसले सरकारले संवे’दनशील अवस्थामा समेत जनता, अदालत, प्रति’पक्ष र सञ्चार माध्यमको कुरा नसुनेको समेत विज्ञप्तिमा भनेको छ ।

‘कोरो’नाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको हो । सं’क्रामक रोग उपचारको कानुनी व्यवस्थाअनुरूप पनि सरकार जि’म्मेवारीबाट पन्छिन मिल्दैन,’ विज्ञप्तिमा भनिएको छ ।

यसैगरी, स’र्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले सरकार कसको कुरा सुन्छ भन्ने प्रश्न उब्जिएको विज्ञप्तिमा भनिएको छ ।

‘सर्वोच्च अदालतले केहीअघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ रु भन्ने प्रश्न उब्जिएको छ,’ विज्ञप्तिमा भनिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्