नेपाल सरकारलाई विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाको लागि गरीएको सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको अन्तराष्ट्रिय नेपाली समाज जापानले स्वागत गरेको छ। बक्तव्यसहित ।                                    अन्तराष्ट्रीय नेपाली  समाज जापान
International Nepalese Society Japan
( INS Japan)

Date-2018/3/23     ?बक्तव्य?.                                           उपरोक्त सम्बन्धमा असल राजनीति सहित सुविचारको वकालत गर्दै आएको वैकल्पिक राजनीतिक शक्ति नयाँ शक्ति पार्टी, नेपालले लामो समयदेखि उठाउँदै आएको समकालीन मुद्दा विदेशमा रहेका पचासौ लाख नेपालीलाई मताधिकारको व्यवस्था गर्नुपर्ने मुद्दा आज सम्मानिय सर्वोच्च अदालतको निर्देशनात्मक आदेशसंगै सफलताउन्मुख भएको छ । यसमा हामी गौरवान्वित हुदै आभार प्रकट गर्दछौ।

प्रवासमा रहेका गैर आवासिय नेपाली संघ संस्थाहरुले पनि उठाउदै आएको नोट मात्र होइन, भोट पनि चल्नुपर्ने नारा र मागले आज सार्थकता पाएको छ ।’ यो अभियानमा साथ दिनुहुने सम्पूर्ण प्रवासी संघ संस्थाहरु, नेपालका राजनीतिक दलहरु, वैकल्पिक शक्तिहरु, धनिभुत वकालत गर्ने पैरवी संघ संस्थाहरु, र विशेष गरी नयाँ शक्ति पार्टी नेपाल र सम्पूर्णलाई धन्यवाद दिन चाहन्छौ।

नेपाल सरकारलाई विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाको लागि गरीएको सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पनि भव्य स्वागत गर्नु चाहन्छौ। हामी सवैले अथक दबाब दिएर आवाज बुलन्द पार्यौ यसमा आवाज थप्नेहरु र जसले यसको धनिभुत वकालत गरे सवैमा धन्यबाद व्यक्त गर्दछौं।

External voting/out of country voting सर्वोच्चद्वारा निर्देशनात्मक आदेश भएपनि अझ हामी सुविचार, सुशासन र कामको लागि भ्रष्टाचार निर्मुल पार्नु शक्तिशाली लोकपालको व्यवस्था, Right to re call and right to reject निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय शासन र दिगो समृद्दि सहित आफ्नै घरमा गएर भोट हाल्ने व्यवस्थाको लागि लडनुपर्छ र खवरदारी गर्नु जरुरी छ, आवाज बुलन्द गर्नुपर्छ।

यतिले मात्र नभई यथार्थ रुपमा तबसम्म कुर्वानी गर्नुपर्छ जबसम्म कार्यान्वयनमा आउदैन्।उत्त आदेशको नयाँ शक्ति पार्टी नेपालको प्रवासी संगठन अन्तराष्ट्रिय नेपाली समाज र विशेष गरी अन्तराष्ट्रिय नेपाली समाज जापान भव्य स्वागत गर्नु चाहन्छौं, र यथार्थमा कार्यान्वयनको लागि सम्पूर्ण सरोकारवाला पक्षहरु समक्ष जोडदार माग पनि गर्दछौं।

अन्तराष्ट्रिय नेपाली समाज जापान परीवार

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्