काठमाडौं, बिहिबार, २५ असार २०७७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको पहिरोबाट प्रभावितको उद्धारमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बिहिबार सामाजिक सञ्जाल ट्विटरमार्फत् सिन्धुपाल्चोकका आफ्ना नेता कार्यकर्तालाई तत्काल उद्दारमा खटिन निर्देशन दिएका हुन् ।

‘सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढि र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको छ’ उनले ट्विटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्दारमा खटिन निर्देशन गर्दछु।’

उनले सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्दार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध पनि गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्