काठमाडौं, श्रावण २८, २०७५ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन भदौ ५ गते गर्नका लागि मिति तोकिएको छ । निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि निर्वाचन तालिका प्रकाशन गर्नुपर्ने प्रावधान प्रतिनिधिसभा नियमावली रहेको छ । निर्वाचनको अघिल्लो दिन उम्मेदवारहरुको मनोनयन हुनेछ ।
प्रतिनिधिसभामा १३ वटा विषयगत समिति रहेका छन् । सोमबार अबेरसम्म सदन चलेको हुँदा तालिका बनाउन नभ्याइकाले विस्तृत मंगलबार जारी हुने संसद सचिवालयले जनाएको छ । तर राष्ट्रियसभाको भोलि मात्रै छलफल हुने र निर्वाचन मिति तोकिने कार्यक्रम रहेको छ ।
समितिहरुको नेतृत्वको बारेमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्तापक्षका बीचमा विवाद हुँदा जेष्ठ सदस्यको नेतृत्वमा समितिको बैठक सुरु भएको थियो । कांग्रेसले लेखा समिति र अन्य दुई समितिको सभापति आफूले पाउनुपर्ने दाबी गर्दै आएका छ ।
विपक्षी दलले लेखा समिति लिँदै आएको विगतको परम्परा रहेकाले स्वत पाउनुपर्ने कांग्रेसको दाबी छ, तर, सत्ता पक्ष भने एउटा मात्र समितिको नेतृत्व उसलाई दिने तयारीमा छ ।
प्रतिनिधि सभाका १० विषयगत समिति
- सार्वजनिक लेखा समिति
- राज्य व्यवस्था समिति
- अर्थ समिति
- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
- अन्तर्राष्ट्रिय सम्बन्ध समिति
- कानुन न्याय तथा मानव अधिकार समिति
- कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति
- महिला तथा सामाजिक समिति
- विकास तथा प्रविधि समिति
- शिक्षा तथा स्वास्थ्य समिति
राष्ट्रियसभाका ३ विषयगत समिति
- सुशासन तथा अनुगमन समिति
- विधेयक समिति
- दिगो विकास समिति
साझा समिति
- संसदीय सुनुवाइ विशेष समिति
- अनुगमन तथा मूल्यांकन विशेष समिति
विशेष समिति
- महाभियोग सिफारिस समिति