लण्डन, २४ पौष २०७६ । बेलायत स्थित नेपाली पत्रकारहरु मार्फत एनआरएन पुर्व उपा अध्यक्ष कुल आचार्यले संसारभरि रहेका गैर आवासीय नेपालीहरुमा नयां वर्ष २०२० को शुभ  ब्यक्त गर्नु भएको छ ।

गैर आवासीय नेपाली संघ जस्तो सामाजिक संस्थामा नेपाली राजनीतिक दलको हारजित जस्तै सरकार गठन भएर चले जस्तो पक्ष र विपक्षका आधारमा बिभाजनको रेखा कोर्ने काम बन्द हुनु पर्ने राय राख्नु भएको छ ।  आफ्ना पक्षका व्यक्तिहरुलाई एकपक्षीय रुपमा नियुक्ति  दिने सम्मान जनक मत सहित थोरै कम मतले उप बिजेता हुनेलाई हुर्मत लिने, हरुवा भन्दै निरन्तर अपमान गर्ने काम भएको हुँदा यी तमाम बिकृति विसंगति बिरुद्ध चुप लागेर नबस्ने भन्दै आफ्ना असन्तुस्टीहरु  प्रस्तुत गर्नु भएको छ ।

प्रश्नको जवाफ दिंदै आचार्यले  अक्टोबरमा काठमाडौँमा सम्पन्न संघको नवौं विश्व सम्मेलन पछि नयाँ कार्यसमितिको कामलाइ लिएर संसार भरिबाट साथीहरुले फोन र संदेश पठाइ रहनुभएको कारणले आफुले मुख खोल्न बाध्य भएको बताउनु भएको छ । राम्रा कुरामा साथ दिने तर अराजकता र बेथितिको खबरदारी गर्न नछोड्ने  विचार व्यक्त गर्नु भएयको छ ।

हाल भएका गल्ति कमजोरीहरु तुरुन्त सच्याउने काम नभए केहि बोल्नु पर्ने भयकोले मुक दर्शक भयर नबस्ने स्पष्ट पार्दै असल एनआरएन सबैको अनुरोध भएकोले संघको साख जोगाउन आवस्यक परे फेरी संस्थाको नेत्रित्व लिनलाई पनि तयार रहेको भन्दै आफ्ना धारणा ब्यक्त गरेका छन् ।

चुनाव पछिको परिस्थिति सम्बन्धि पत्रकारहरुको प्रश्नमा जवाफ दिदै आचार्यले भने, “नवौं विश्व सम्मेलनमा आर्थिक प्रतिवेदन पारित नहुनु संस्थाकै लागि दुर्भाग्यपूर्ण र यसले हाम्रो संस्थाको गरिमा माथि नकारात्मक असर पार्दै विभिन्न अनियमितताका समाचारहरु बाहिर आइरहेका बताएका छन् ।

गुनासो गर्दै सन् २०१८ मा आयोजित विश्व ज्ञान सम्मेलनमा काटिएको टिकट तथा होटेल बुकिङ्गको हिसाब सार्वजनिक गरिएको छैन। त्यस्तै संस्थामा २,२ ओटा सीइओ राख्दा संस्थाले धान्न सक्दैन भनेर उठाएको विषय अहिले पनि रेकर्ड मै छन् ।

त्यस्तै सभा सम्मेलनहरुको आयोजनामा पनि पारदर्शिता कायम गरिएको छैन । संस्थालाई भर्याङ बनाएर व्यापार गर्ने र संसार भरिका एनआरएनहरुको बिश्वास माथि कुठाराघात गर्ने प्रचलन पनि लामो समय देखि नै चलिरहेकोमा संस्थालाई सिन्डिकेट बनाउने प्रयास विरुद्ध मेरो उम्मेदवारी थियो ।

एनआरएन भयकै कारण आगामी दिनमा पनि यस भित्र हुनु पर्ने सम्भब हुने राम्रा काममा सहयोग र खराव कामको खबरदारी जारी रहने जानकारी गराउन चाहन्छु भनेर शसक्त रूपमा प्रस्तुत भएका छन् । हालै छापामा समेत आयको एनआरएन आइसीसीको १० घण्टा लामो बैठकले गरेको मनोनयन एकपक्षीय र पूर्वाग्रहपूर्ण भएको भनि धेरै साथीहरुको गुनासो आएको, क्षेत्रीय संयोजक (आरसी) हरुले गरेको सिफारिसलाई बेवास्ता गरी आफ्ना नजिकका मानिसहरुलाई मनोनयन गर्ने काम संस्थाको हितमा  नभएको र यस्तो कामले संस्थालाई अरु कम्जोर बनाउने विचार समेत व्यक्त गरेका छन ।

चुनावी प्रक्रिया र असहमति सम्बन्धि अर्को प्रश्नमा आफ्ना धारणा व्यक्त गर्दै आचार्यले भने “गत विश्व सम्मेलनमा संसार भरिबाट आउनु भएका एनआरएन साथीहरुले मलाई विश्वास गरेर इतिहास कै राम्रो मत पनि दिनु भयो । संस्थापन पक्षले सयौं फर्जी मतदाताहरु खडा गरी गराएको एकपक्षीय निर्वाचनको नतिजालाइ संस्थाको बृहत्तर हितलाई हृदयंगम गर्दै मैले स्वीकार गरें। तर लाखौं एनआरएनहरुको श्रम र पसिनाले यो स्थानमा आइपुगेको यो संस्थाको साख जोगाउन हामी सबैले खबरदारी गर्नु आवश्यक महसुस भएको उहाले बताउनु भयो।” अव यो निर्वाचन निष्पक्ष र सहज गराउन सबै सदस्यहरू निशुल्क बनाउने र अनलाइनबाट मत गराउने  ब्यवस्था गर्छु भनेर मेनफेस्टो पेश गर्नु भएका कुमार पन्तलाई निश्पक्ष र सजिलो बनाउन छिटो प्रकिया शुरू गर्न अनुरोध गर्नु भयो ।

“जब सम्म चुनाव प्रक्रियालाई निस्पक्ष र पारदर्शी बनाईदैन, तबसम्म निर्वाचित पदाधिकारीहरुको वैधता सर्वस्वीकार्य हुन सक्दैन भन्दै संस्था भित्र विश्वासको संकट कायमै रहेको स्पष्ट पार्नु भयो । संस्थापन पक्षले जाल, झेल गरेर चुनाव गराउने परिपाटी रही रहे संस्था फुट र विभाजनतर्फ जाने निश्चित भयकोले एकजना पूर्व अध्यक्षको संयोजकत्वमा हालै सम्पन्न निर्वाचनको समग्र अध्ययन गरी आगामी  निर्वाचन प्रक्रियालाई  निस्पक्ष र पारदर्शी बनाउने भन्ने सुझाव समिति गठन गर्न म जोडदार माग गर्दछु भन्नु भयो ।

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्