कराची, ८ मङ्सिर २०७५ । कराचीमा चीनको वाणिज्य दुतावास नजिक आतंकी हमलामा दुई प्रहरी सहित ७ जना मारिए । शुक्रबार भएको यो आक्रमणमा कैयौ घरमा शोक छायो तर एक महिला अधिकृतले आफनो ज्यान दाउमा राखेर केयौको मानिसको ज्यान बचाइन ।

सुहाई अजीज तालपुर पाकिस्तानको सिंध पुलिसमा सहायक सुपरन्टेंन्डन्ट छिन् । उनकै अगुवाईमा सुरक्षाकर्मिले आतंककारी यो हमला विफल बनाइदिए । सुहाईको यो बहादुरी पछि पाकिस्तानमा टिट्रमा ट्रेंड शुरु भएको छ । मानिसहरु उनको तारिफ खुलेर ट्वीट गरिरहेका छन् । पाकिस्तान पीपुल्स पार्टीका चेयरम्यान बिलावल भुट्टो जरदारीले पनि ट्वीट गर्दे उनको प्रशंसा गरेका छन् ।

बिलावल भुट्टो जरदारीले ट्वीट गर्दे लेखेका छन् कि “कराचीमा रहेको चीनीया वाणिज्य दुतावासमा आतंकवादी आक्रमणलाई हाम्रो सिंध पुलीसको एसएसपी सुहाई अजीजको अगुवाईमा परास्त गरीयो । म ती बहादुर अधिकृतलाई सलाम गर्छु । जो साहसपुर्वक हाम्रो साथीहरुको रक्षा गरीरहकी थिए । हामी उनीहरुको सम्मान गछौ” ।

शुक्रबार एसएसपी सुहाई अजीजको अगुवाईमा सुरक्षाकर्मीहरुले आतंककारीहरुको यो आक्रमणलाई विफल गरिदिइन । महिला अफिसरले ९ ह्याण्ड ग्रिनेट, असाँल्ट राइफसहित ठुलो मात्रामा विस्फोटकसँगै आएका आतंककारी वाणिज्य दुतावासको बिल्डिङ भित्र डिप्लोमेटिक स्टाफ नजिक पुग्नबाट विफल बनाइदिइन । प्रहरीले बताए अनुसार आतंककारीले खाने सामान र औषधि पनि सँगै ल्याएका थिए, जसले स्पष्ट हुन्छ कि आतंककारीहरु बन्धक बनाउन आएका थिए ।

अजीजले आफनो १० कक्षासम्मको पढाई फौजी फाउण्डेशन हायर सेकेन्ड्रि स्कुल, तांडो मोहम्मद खानबाट गरेकी थिइन । हैदराबादको बहरिया फाउण्डेशन कलेजबाट १२ कक्षा गरे पश्चात उनले जुबैदा गल्र्स कलेजबाट बीकम गरीन ।

विकम पछि सुहायले युनिभर्सिटि अफ सिंध, जमशोरोबाट अर्थशास्त्रमा मास्टर्स गरीन । यसपछि उनले हैदराबादको अल हम्द एकेडमी चार्टर्ड एकान्टेन्सिमा सर्टिफिकेट कोर्स गरिन । २०१३ मा सेन्ट्रल सुपीरियर सर्भिसेजको परिक्षा पास गरेपश्चात उनी प्रहरीबलमा समावेश भईन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्