बीरगञ्ज,शनिबार, १ कात्तिक २०७७। वीरगञ्जमा प्रहरीले एक अपार्टमेन्टमा छापा’मारी करीब २३ किलो सुन’को विस्कुट र गह’ना बराम’द गरेको छ । ठुलो परिणामको सु’न बराम’द गरेपनि कोही व्यक्ति पक्राउ परेका छैनन् ।

वीरगञ्ज नगरपालिका–५ रेशम कोठीमा रहेको श्री गणेश अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३ नम्बरका फ्ल्याटबाट सो परिमाणमा सु’न बारा’मद गरिएका जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

सो फल्याटमा दिउँसो साढे एक बजे छापा मार्दा २२ किलो ५७६ ग्राम सुनको विस्कुट र ६८१ ग्राम सुनका गहना बरामद भएको पत्रकार सम्मेलनमा पर्साकी एसपी गंगा पन्तले बताउनुभयो ।

सोही क्रममा करीब दुई किलो २६२ ग्राम तौल बराबरका चाँदिका समान पनि बरामद भएको प्रहरीले जनाएको छ । सो अपार्टमेन्ट भारतको पूर्वी चम्पारन जिल्लाको हरैया निवासी अशोक सिन्हाको भएको स्थानीय बासिन्दाले जानकारी गराएको र त्यहाँ सुन लुकाइ राखेको सुराकीका आधारमा प्रहरीले दुई दिनदेखि निगरानी गर्दा पनि कोही नआएकाले आज छापामारी सो सुन बरामद गरेको हो ।

उक्त सुन कसको हो र कहाँ लगिँदै थियो भन्नेबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । नेपालबाट भारतीयहरुले सुन लगेर विभिन्न शहरमा बे’च्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्