गोरखा, बिहिबार, ११ मङ्सिर २०७७ । गोरखा समाज जापानले आर्थिक समस्याकै कारणले उपचारमा समस्या परेका गोरखा जिल्ला शहिद लखन गाँउपालिका वडा नम्बर १ निवासी वर्ष ५३ का खिल बहादुर आले लाई रु. १,२०,०००।-अक्षेरुपी ( एक लाख बिस हजार ) आर्थिक सहयोग गरेको छ ।

करिब ४०/४५ दिन अघि देखि कोरोना संक्रमण पश्चात चितवन मेडिकल कलेजको आईसियु कक्षमा उपचारत आले, कोरोना संक्रमणको सफल उपचार पश्चात पुन:फोक्सोमा समस्या देखिएको र फोक्सोमा जमेको पानी निकाल्नको लागी बनाईएको प्वालको शल्यक्रिया पनि भई रहेको र थप उपचारको लागी फरक अस्पतालमा रिफरको तयारी पनि भई रहेको जानकारी सहित गोरखा समाज जापानका सचिव, ग्लोबल गोरखा समाजका नवनिर्वाचित सचिव विराट खनाललाई सहयोग गरिदिन अनुरोध आएपछि संस्थाले आर्थिक सहयोग अभियान सन्चालन गरेको सचिव खनालले ले बताउनु भयो ।

गोरखा समाज जापानका कोषाध्यक्ष शहिद लखन गाँउपालिका निबासी जीवन रेग्मीको संयोजकत्वमा आर्थिक सहयोग जुटाईएको र सहयोग रक़म जुटाईएको विषयमा शहिद लखन गाँउपालिका प्रमुख रमेश थापालाई जानकारी गराए पश्चात सो सहयोग जुटाईदिन संस्थामा जानकारी गराउनु भएका साबिकको बक्राङग गाविस निबासी सामाजिक व्यक्तीत्व जनार्दन अर्याल मार्फत स्थानीय निकाय प्रमुखसंगको अनुमति पश्चात अर्याल मार्फ़त उपचारत आलेलाई सो सहयोग रकम हस्तान्तरण गराईएको विषय खनालले जानकारी दिनु भयो ।

चुडामणी भट्टराईको नेतृत्वमा रहेको संस्थाले विगतका दिनमा पनि यस्ता अनुरोध आए पश्चात स्थानीय निकायका प्रमुख मार्फत अथवा स्थानीय निकाय प्रमुखको अनुमति पश्चात संस्था सम्म समस्याको बारेमा जानकारी गराउनु हुनेको उपस्थितीमा सहयोग रक़म हस्तान्तरण गराईदै आएको जानकारी हुन आएको छ ।

कोभिड-१९ कै कारणले लामो समयदेखि कार्यसमितिका साथीहरु बिच भेटघाट गरेर यस्ता सामाजिक काम गर्न संस्थागत निर्णय गरेर अगाडि बढ्न असहज भएपनि समाजका अध्यक्ष , वरिष्ठ उपाध्यक्ष कमला लम्साल काप्री, उपाध्यक्ष द्वय अर्जुन ढकाल, मनिश अमात्य, सचिव , कोषाध्यक्ष र केन्द्रिय सदस्यहरु आबद्द रहेको म्यासेन्जर ग्रुपमा सम्पुर्ण लाई जानकारी गराए पश्चात सहयोग अभियान गरिदै आएको पनि जानकारी हुन आएको छ ।

खनालले भन्नुभयो, हिजोका दिनमा हामी आ-आफु रहेका देशका समाजमा आबद्द भएका थियौ । साना- साना समस्यामा अभियान सन्चालन गरेरै भएपनि सहयोग गर्दै आएका थियौ तर, अबको समय त्यो मात्र नरहेर विश्वभर छरिएर रहेका गोरखालीहरुको सामुहिक लगानीमा गोरखा जिल्ला भित्र अत्याधुनिक अस्पतालहरु बन्नु पर्ने र यस्ता आर्थिक समस्यामा परेकाहरुको उपचार त्यही बाट हुनु पर्ने र त्यसको नेतृत्व गर्न ग्लोबल गोरखा समाजको नेतृत्व सफल युवा व्यवसायी, सामाजीक व्यक्तित्व विनय अधिकारी लगाएतको टिम आएको पनि बताउनुनु भएको छ ।

ग्लोबल गोरखा समाजमा गोरखा समाज जापानको न्यायोचित प्रतिनिधित्व भएको, जापानबासी गोरखाली अग्रज,लगाएत विश्वभर छरिएर रहेका अग्रजहरुको विश्वास, माया, आशिर्वाद, सामाजिक काम गर्ने क्रियाशिलताको पहिचान पश्चात आफु सचिव पदमा मनोनित भएको विचार पनि व्यक्त गर्नु भयो । यधपी जापानबासी गोरखाली अग्रजहरुको हकमा भने संम्बोधन गर्नु पर्नेहरुको हकमा क्षमतावान अग्रज लाई ग्लोबल गोरखा समाजले “विज्ञ परिषदको” पनि परिकल्पना गरि रहेको क्षमतावान अग्रजहरु लाई “सल्लाहकार परिषद” भन्दा माथी रहने गरेर समेटेर अगाडि बढ्न पर्ने विचार व्यक्त गर्नु भएको छ ।

साथै, गोरखा समाज जापानले सन्चालन गरेको सहयोग अभियानमा सहयोग गर्नु हुने उपयुक्त सल्लाह, सुझाव दिनु हुने सम्पुर्ण प्रति सिन्गो गोरखा समाज जापान परिवार आभारी रहेको र यस्ता अभियान सफल हुनुमा सहयोगीमनहरुको नै भुमिका ठुलो हुने विचार व्यक्त गर्दै सम्पुर्ण सहयोगीमनहरुमा धन्यवादका साथै उपचारत खिल बहादुर आलेको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नु भएको छ ।

उक्त सहयोग रकम सिमपानी मिडियाका अध्यक्ष बिमल भट्टको उपस्थितीमा सामाजीक व्यक्तित्व अर्यालले विर-अस्पतालमा पुगेर बिरामी खिल बहादुर आले लाई पुन:कोरोना संक्रमण देखिएपनि परिवारका सदस्य लाई भेटेर आजनै हस्तान्तरण गर्नु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्