काठमाडौं आषाढ १५ । रुसमा जारी विश्वकप फुटबल २०१८ काे प्रथम चरण अर्थात् समूह चरणका सबै प्रतिस्पर्धा सकिएका छन् । र, दाेस्राे अर्थात नकअाउट चरणका १६ देशकाे विश्वकप यात्रा सुरुहुदै छ ।

विभिन्न देश र समयमा भएका विश्वकप छनाैट खेलबाट ३२ देश छानिएर विश्वकप भीडन्तका लागि रुस पुगेका थिए । विश्व फुटबलकाे सर्वाेच्च संस्था फिफाले ती ३२ टिमलार्इ ८ समूहमा विभाजन गरेको थियो । प्रत्येक समूहबाट दुई-दुई देश विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समुह चरणबाट विजेता र उपविजेता भएर १६ टिम नकआउट चरणमा पुगेको हो । योसँगै अन्तिम १६ मा खेल टीमहरुको समिकरण पनि पुरा भएको छ। नकआउट खेल आगामी शनिबारदेखि सुरू हुने छ  । प्रतियोगितामा पुग्ने टोलीहरू यस्ता छन्।

अन्तिम १६ मा कसको प्रतिस्पर्धी को ?

शनिबार (जुन ३०)

फ्रान्स भर्सेस अर्जेन्टिना (बेलुका पौने ८ बजे)

उरुग्वे भर्सेस पोर्चुगल (राति पौने १२ बजे)

आइतबार (जुलाइ १)

स्पेन भर्सेस रुस (बेलुका पौने ८ बजे)

क्रोएसिया भर्सेस डेनमार्क (राति पौने १२ बजे)

सोमबार (जुलाइ २)

ब्राजिल भर्सेस मेक्सिको (बेलुका पौने ८ बजे)

बेल्जियम भर्सेस जापान (राति पौने १२ बजे)

मंगलबार (जुलाइ ३)

स्वीडेन भर्सेस स्वीट्जरल्याण्ड (बेलुका पौने ८ बजे)

कोलम्बिया भर्सेस इंग्ल्याण्ड (राति पौने १२ बजे)

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्