काठमाडाैं, १९ पौष २०७५ । सरकारका प्रवक्ता सञ्चार तगा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले वाइड बडी घोटाला प्रकरणमा आवश्यक परे सरकारले पनि समिति बनाएर छानबिन गर्ने जानकारी दिएका छन् ।

बिहीबार राष्ट्रिय योजना आयोगको हलमा पत्रकार सम्मेलन गर्दै मन्त्री बास्कोटाले वाइड बडी घोटाला प्रकरणमा गठित उपसमितिको प्रतिवेदन अन्तिम नभएको जिकिर गर्दै त्यसको प्रतिवेदन अध्ययन गरेर सरकारले आवश्यक निर्णय लिने जानकारी दिए ।

“उपसमितिले समितिलाई प्रतिवेदन बुझाउनुपर्थ्यो । तर, पत्रकार सम्मेलन गर्‍यो । उपसमितिको प्रतिवेदन टिप्पणी गर्ने कुरा आउँदैन । संसदीय समिति, उपसमितिले छानबिन गरिरहेकै छन् । सरकारले पनि आवश्यक पर्‍यो भने समिति गठन गर्छ,” उनले भने ।

भ्रष्टाचार गरेको ठहर भए मितको छोरो, उसको छोरा भनेर उन्मुक्ति नदिइने उनको भनाइ थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्