काठमाण्डौं पुस २२ गते । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता गगन थापाले वाइडबडि विमान खरिद प्रकरणमा सरकार अत्तालिएको टिप्पणी गर्नु भएको छ ।

काँग्रेस नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडि विमान खरिद प्रकरणबाट अत्तालिएको दावी गर्दै शाही आयोगको जसरी सो सम्बन्धमा जाँचबुझ समिति गठन गरेको उल्लेख गर्दै आपत्ति पनि जनाउनु भयो ।

आईतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिलाई गालीगलौजको भाषा प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसदको मर्यादालाई कायम राख्न नसकेको आरोप पनि लगाउनु भयो । प्रधानमन्त्री ओलीले उपसमितिले समितिमा छलफल नै नगरी सो सम्बन्धि प्रतिवेदन बाहिर सार्वजनिक गरेको भन्दै असन्तुष्टि जनाउनु भएको थियो । प्रधानमन्त्रीको सो असन्तुष्टिले संसदीय समितिको मर्यादालाई उलंघन गरेको काँग्रेस नेता थापाको आरोप छ ।

काँग्रेस नेता थापाले वाइडबडि विमान खरिद प्रकरणका सम्बन्धमा सबै कुरा बुझेर आवश्यक निर्णय लिन संघीय संसदको सार्वजनिक लेखा समितिलाई पनि आग्रह गर्नु भयो । सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले वाइडबडि विमान खरिद प्रकरणमा करिव ४ अरव ३५ करोड भ्रष्टाचार भएको र त्यसमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी पनि दोषी देखिएको निष्कर्षसहितको प्रतिवेदन तयार पारी समितिलाई बुझाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्