काठमाडौं, असोज ४

प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिको सभापति पूर्व अर्थराज्यमन्त्री भरतकुमार शाह बन्ने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो भागमा परेको समितिको सभापतिमा शाहलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।
दलहरुबीचको सहमति अनुसार समितिमा शाहको मात्र एकल उम्मेद्वारी पर्नेछ । सभापति चयनका लागि अहिले मनोनयन दर्ता चलिरहेको छ ।

शाह २०५६ साल यता तेश्रो पटक सांसद बन्नु भएको छ । शाह २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री हुनु भएको थियो । २०२७ सालबाट नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका शाहले त्रिभुवन विश्वविद्यालयमा २०३८ सालमा एमबिए गरेका छन्। संसदमा लेखा समितिको सभापति प्रतिपक्षले नेतृत्व गर्ने परम्परा छ। पहिलो संविधानसभामा माधवकुमार नेपाल नेतृत्व सरकारमा सत्ता साझेदार रहँदा कांग्रेसले लेखा समिति आफैँले राखेको थियो। कांग्रेसबाट रामकृष्ण यादव सभापति भएका थिए। उनले राजीनामा दिएनन् ।

त्यस्तै तत्कालिन माओवादीले पनि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला आफ्नै सांसद डोरप्रसाद उपाध्यायलाई सभापति बनाएको थियो। सरकारले गर्ने खर्च र महालेखा परिक्षकको प्रतिवेदन हेर्ने मुख्य कार्य लेखा समितिको हो। शाह रुपन्देही — ५ बाट संसदमा निर्वाचित भएका हुन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्