काठमाडौँ, बुधबार, १४ असोज २०७७ । गायिका देबि घर्ती मगर र गायक राजु ढकालको स्वरमा “नेपाल तिरै जाम” गीतको भिडियो डिजिटल बजारमा माधब सिग्देलको युटुब च्यानल मार्फत सार्वजनिक गरेको छ ।

नेपाली युवाहरुको बैदेशिक जीवनलाई स्वदेश फर्किएर नेपाललाई बिकशीत बनाउने, बिदेशमा काम गरेर के कमाइन्छ नाम नेपाल मै फर्किआउ नेपाल मै छ काम भन्ने यो गित को मुख्य भाब रहेको छ । माधब सिग्देलको लय र शब्द रहेको छ । संगीत संयोजन बिनोद बाजुराली, अडियो मिक्सिङ खडक बाजुराली को छ भने स्टुडियो मालश्री मार्फत रेकर्डिङ भएको छ ।

“नेपाल तिरै जाम” को छायांकन जापानमा दिपक देबकोटा र नेपालको छायाँकन दुर्गा पौडेल, बिष्णु शर्माको सम्पादन र प्रकाश भट्टको निर्देशन भिडियोमा रहेको छ । “नेपाल तिरै जाम” गीतको भिडियोमा अञ्जली अधिकारी र माधब सिग्देलको अभिनय भिडियोमा रहेको छ ।

दृश्य निर्माण भने साइ भिजन प्रा लि ले गरेको छ । उक्त गीतको भिडियो माधब सिग्देलको आफ्नै युटुव च्यानलबाट बुधबार बजारमा ल्याएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्