ललितपुर, आइतबार, ४ असोज २०७७ । ‘हुनेले दिएर जाऊँ नहुनेले लिएर जाऊँ’ भन्दै लुभु महालक्ष्मी युवा क्लबले ललितपुर स्थित महालक्ष्मी नगरपालिका वडा नम्बर ८ लुभुमा आयोजना गरेको फुड बैक शनिबार समापन भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं तरुण बिभाग प्रमुख शंकर भण्डारी, नेपाली काङ्ग्रेस ललितपुरका जिल्ला सभापति मदन बहादुर अमात्य, नेपाली काङ्ग्रेस तरुण बिभागका सचिव श्याम प्रसाद श्रेष्ठ लगायत स्थानिय समाजसेवि तथा नेताहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रम समापनपछि नेता भण्डारी नेपाली कांग्रेस महालक्ष्मी नगरपालिकाले आयोजना गरेको अनऔपचारिक भेटघाट कार्यक्रममा उपस्थित भएका थिए । उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नम्बर ६ मा बन्न लागेको नेपालि काङ्ग्रेस वडा समन्वय समितिको कार्यालय भवन निर्माणको लागि तरुण बिभागको तर्फबाट रु ५१००० आर्थिक सहयोगको घोषणा गरेका थिए ।

सोही अवसरमा नेता भण्डारीले नेवार समुदायको बाहुल्यता भएको लुभुमा त्यहाका स्थानिय नेता तथा कार्यकर्तालाइ नेपालको युगान्तकारी परिवर्तनहरुमा नेवार समुदायको भुमिका गणेशमान सिंहको निष्ठा, त्याग र साहस बारे व्रिफिङ् गरेका थिए ।

साँथै नेता भण्डारीले लुभुमा अबस्थित बिभिन्न उद्योग तथा कलकारखानाको भ्रमण गरि स्थानिय युवा उद्यमिहरुलाइ हौसला प्रदान गरेको राजेन्द्र घिसिङले जानकारी दिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्