काठमाडौँ, मंगलबार, २० साउन २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको रोमकथामका लागि जनस्वास्थ्य विद्हरुसँग छलफल सुरु गरेका छन् ।

प्रधामन्त्री निवास बालुवाटारमा हाल जारी रहेको विज्ञहरुको छलफलले लकडाउन गर्ने/नगर्नेबारे निर्णय गरिने स्रोतले बताएको छ । छलफलमा २० जना भन्दा बढी विज्ञहरुको सहभागी छ । यस्तै, आजको छलफलमा प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत पनि सहभागी छन् ।

प्रधानमन्त्री ओलीले यसअघि लकडाउन खुकुलो बनाउनुभन्दा पहिला पनि विज्ञहरूसँग छलफल गरेका थिए । सरकारले गत साउन ६ गतेदेखि लकडाउन अन्त्यको घोषणा गरेको छ । तर, लकडाउन खुलेसँगै काठमाडौँ उपत्यकामा मानिसहरुको चाप बढेको छ ।

दिनप्रतिदिन उपत्यकामा कोरोना संक्रमित बढिरहेका छन् । सोमबार मात्र काठमाडौं जिल्लाका ४३ जनामा कोरोना पुष्टि भएको थियो । नेपालमा पछिल्लोसमय मृत्यु दर पनि ह्वात्तै बढेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्