काठमाडौँ, शनिबार, २० असार २०७७। नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकबाट अनुमति नलिएका तर भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्दै आएका विभिन्न संस्थाहरुसँग कारोबार नगर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट अनुमति नलिएका संस्थाहरुलाई डिजिटल पेमेन्ट पार्टनरको रुपमा आवद्ध गरी भुक्तानी सेवा संचालन गरे गराएकोप्रति गम्भिर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

विज्ञप्तिमा नेपाल राष्ट्र बैंकले सूचनामा भुक्तानी सेवा संचालनका लागि राष्ट्र बैंकबाट अनुमति पाएका संस्थालाई मात्र डिजिटल पेमेन्ट पार्टनर रुपमा आवद्ध गराउन समेत निर्देशन दिइएको उल्लेख छ । केन्द्रीय बैंकबाट सञ्चालनको अनुमति नलिएका डिजिटल भुक्तानी संस्थालाई भुक्तानी पार्टनरका रुपमा लिएर कारोबार गरेको ठहर गरी सो निर्देशन जारी गरेको हो ।

केही बैंक तथा वित्तीय संस्थाले यस बैंकबाट भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति नलिएका संस्थालाई समेत डिजिटल पेमेन्ट पार्टनरका रुपमा आबद्ध गरी भुक्तानी सेवा सञ्चालन गरे÷गराएको भन्ने विभिन्न माध्यमबाट जानकारी आएको कारणले सो निर्देशन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न वा त्यस्तो सेवा सञ्चालन गर्न नपाइने प्रावधान रहेको सूचनामा उल्लेख छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्