धुन्चे, १४ माघ २०७६ । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढी बुधबारदेखि १५ दिन बन्द हुने भएको छ ।

कोरोना भाइरसको संक्रमण, केरुङ जाने सडकमा भएको हिमपात र ढुंगा खस्ने कारण दुर्घटना हुन सक्ने तथा तिब्बतको प्रमुख चाड ल्होसारको कारण देखाउँदै मंगलबार रसुवागढीमा बसेको दुवै देशको प्रहरी र अध्यागमन अधिकारीको बैठकले नाका बन्द गर्ने निर्णय गरेको हो ।

यस अवधिमा नेपाल र चीन आगमन प्रस्थान अनुमतिपत्र (चाइना पास) लिएका रसुवाका नागरिक पनि नाका पारीसम्म मात्र जान पाउने रसुवाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन् ।