काठमाडौँ, सोमबार, १६ मङ्सिर २०७७ । आफ्ना तार्किक अभिव्यक्तिका कारण सामाजिक सञ्जालहरूमा सधैँ चर्चामा रहने रमेश प्रसाईँ वैवाहिक सम्बन्धमा बाँधिँदै छन् ।

उनले यही मङ्सिर २२ गते अर्की सामाजिक अभियन्ता नन्दा सिंहसँग लगन गाँठो कस्न लागेका हुन् । कालिकोटकी सिंहसँग प्रसाईँको विवाह हुन् लागेको हो । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । २५ वर्षिया नन्दा पनि दृष्टीबिहिन हुन् । स्नातक तह सम्ममा अध्ययन गरेकि नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छन् ।

अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत १२ जना अनाथ बालबालिकाकी आमा बनेकी छन् । उनले काठमाडौंको कपनस्थित १२ जना बालबालिकालाई आश्रय दिएकी छन् । यस्तै रमेश प्रसाईँ पनि सामाजिक अभियन्ता हुन् । साथै उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन्। पछिल्लो समय भने प्रसाई फरक परिचयका साथ युट्युबमा छाएका छन् । उनी अहिले दोहोरी गायकका रुपमा चर्चामा छन् ।

रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।

पूर्वी नेपालमा एक रेडियो पत्रकारका रुपमा स्थापित भएका दुबै आँखा देख्न नसक्ने युवक रमेश वक्तृत्व क्षमताका कारण नेपालभर परिचित छन् ।

उनी ‘मोटिभेशनल ट्रेनर’ का रुपमा थुप्रै जिल्लामा समेत पुगिसकेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्