अबुधाबी, २ माघ २०७६ । संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा बिहीबार १८ नेपालीसहित २४ जना सवार मिनिबस दुर्घटनामा परेको छ । दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको बताएका छन् । राजदूत ढकालले फेसबुकमार्फत साे जानकारी दिँदै मृतकहरुको पहिचान हुन नसकेको उल्लेख गरेका छन् ।

मृतक कुन मुलुकका हुन् भन्ने स्पष्ट भइसकेको छैन । मिनिबस दुर्घटना बिहान साढे ५ बजे अल राहा सडकमा भएको हो । घाइतेहरुकाे माफराक अस्पतालमा उपचार भइरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्