काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको २ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

भारतीय वायु सेवाको क्षेत्रीय विमानमार्फत् शुक्रबार जनकपुर हुँदै नेपाल आएका मोदी सोही विमान चढेर शनिबार अपराह्न दिल्ली प्रस्थान गरेका हुन् ।

मोदीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदाइ गरे ।

मोदीले नेपालमा रहँदा जनकपुरस्थित जानकी मन्दिर, मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर र पशुपतिनाथको दर्शन गरेका थिए । शुक्रबारै उनी काठमाडौँ आयोजित ‘गार्ड आफ द अनर’ कार्यक्रममा सहभागी हुनुका साथै प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपतिसँग भेटवार्ता गरेका थिए।

उनको भ्रमणको बेला अरुण-३ अायाेजनाकाे समेत शिलान्याश गरेका थिए । यस्तै उनले  पूर्वप्रधानमन्त्रीहरू र विभिन्न दलका नेतासँग भेटवार्ता गरेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्