दुई दिने अनौपचारिक भ्रमणका लागि चीन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच एक्लाएक्लै भेटवार्ता भएको छ।

हुवेई प्रान्तको राजधानी वुहानको एक संग्राहलयमा स्थानीय समयअनुसार दिउँसो साढे ३ बजे मोदी र चिनफिङबीच भेट भएको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले दुई नेताको भेटमा द्वीपक्षीय सम्बन्धलाई थप मजबुद् बनाउने विषयमा कुराकानी भएको ट्वीटरमार्फत बताएका छन्।

दुबै पक्षले मोदीको यो भ्रमणको कुनै ठोस एजेन्डा नभएको बताएका छन्।

आजै दुई देशका प्रतिनिधि मण्डलबीच कुराकानी हुनेछ। प्रतिनिधि मण्डलमा दुबै देशबाट छ छ जना सदस्य हुनेछन्।

साँझ राष्ट्रपति सीले मोदीको सम्मानमा इस्ट लेक गेष्ट हाउसमा रात्रीभोज दिनेछन्।

शनिबार अनुवादकमात्र राखेर दुई नेताले फेरि एक्लाएक्लै वार्ता गर्नेछन्।

दुई नेताहरू केहीबेर तालको किनारामा टहलिने छन्। त्यसपछि उनीहरूले तालमा डुंगा सयर गर्नेछन्।

मोदीको यो भ्रमणको कुनै एजेन्डा नभएको दुबै पक्षले बताएका छन्। मोदीले ट्वीट गर्दै सी र आफूले द्वीपक्षीय र अन्तर्राष्ट्रिय महत्वका विषयमा छलफल गर्ने बताएका छन्।

गत वर्ष चलेको ७३ दिन चलेको दोक्लम विवादपछि पहिलो पटक भारतीय प्रधानमन्त्री चीन भ्रमणमा गएका हुन्। अघिलो साता भारतीय विदेश मन्त्री सुष्मा स्वराजले चीन भ्रमण गरेकी थिइन्। सेतोपाटी

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्