नेपाली कांग्रेसका सांसद गगन थापाले  ‘आफूले गरे पुण्य अरुले गरे पाप’ भन्दै भारतले अब कहिल्यै नाकाबन्दी लगाउँदैन भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति प्रश्न गरेका छन्।  विश्वासको मत लिँदै गर्दा गर्जिएको प्रधानमन्त्री हिजो(संसदमा) शब्द खोज्दै गरेको प्रधानमन्त्री’ भनेर टिप्पणी गरे । भारतीय राष्ट्रपति आउँदा उहाँले तामझाम हेर्दा लम्पसारवादी लागेको छ भन्नु भएको थियो। पहिला घुँडामा घाउ भयो भन्नु भएको थियो। हिजो भारतको जिम्मा लिएर बोल्दा घुँडामा भ्वाङ पर्‍यो भन्न पाउने कि नपाउने? भनेर प्रश्न गरेका छन ।

थापाले एमाले सांसद बस्नेतको प्रदेश २ का मुख्यमन्त्रीलाई झण्डाका विषयमा तालिम दिने कुरा गरेको प्रति समेत आपत्ति जनाए। ‘नेपालको संविधानले परराष्ट्र मामिला केन्द्रलाई जिम्मा दिएको छ। तालिम परराष्ट्र मन्त्रीलाई दिने भन्न पाउने कि नपाउने?’, भनेर प्रश्न पनि थापाले गरे।

‘नाकाबन्दी बिर्सिएको छैन भनेर भन्न पाउने कि नपाउने, थापाले भने, ‘हिजो भारतीय दूतावास अगाडि गएर एमालेले प्रदर्शन गर्न पाउने। अहिले पार्टी कार्यालयमा ब्यानर राख्न पाउने हो कि नपाउने ? यो कस्तो लम्सवादार हो। यो कस्तो चाकडी हो।’ यो त महालम्पसारवाद भयो भनेर भनेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्