नेपालको दुइ दिने भ्रमणमा अाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर देखि मुक्तिनाथ र पशुपतिनाथमा विषेश पूजा गरेका छन । बाहिर हेर्दा यो भ्रमण धार्मिक जजस्तो देखिए पनि अोली सरकारलाइ भारत निकट देखाउन नै तल्लिन छन ।
नेपालमा सर्वसाधारण भने २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको माफी माग्नु पर्ने भन्दै सामाजिक संजालमा अभियान चलाएका छन । नेपालमा रहदा मोदीले नेपालका प्रधानमन्त्री केपी अोलीसँग संयुक्त रुपमा अरुण तेस्राेको उद्घाटन गरेका छन । नेपालका विभिन्न दलका नेताहरुसँग समेत भेटघाट गरेका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइृ जनकपुर र काठमाडाैमा नागरिक अभिन्नदन समेत गरिएको छ । (फोटो विभिन्न अनलाइबाट)