काठमाडौँ, १४ कात्तिक २०७५ । लायन्स क्लव अफ काठमाडौँ क्रियटिभ युथको आयोजनामा पहिलोपटक मिस्टर एण्ड मिसेस लायन्स आयोजना हुने भएको छ ।

नेपालमा रहेका ३३ हजार लायन्स माझ मात्र नभएर विश्वभरीको लायन्स माझ आफूलाई चिनाउने यो राम्रो अवसर भएको कार्यक्रमको उत्पादक तथा निर्देशक लायन गनिका गुरुङले बताउनु भयो ।

कार्यक्रमको लागि आगामी १६ गतेबाट काठमाडौँ, विराटनगर, इटहरी, धरान र बुटवल शहरहरुमा अडिसन सुरु हुनेछ । पाँच शहरबाट करिब २५० जना लायन सदस्यहरुले उक्त अडिसनमा सहभागिता जनाउने अपेक्षा रहेको गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रमका विजेताहरुलाई हङकङ भ्रमण, एक लाख नगद, म्युजिक भिडियोको लागि अवसर, ब्राण्ड एम्बेसेडर टाईटल, लाईभ अन्तरवार्ता साथै पत्रपत्रिकामा समाचारमार्फत छाउने अवसर प्राप्त हुनेछ ।

लायन्स क्लवका सदस्यहरुले मात्र यो प्रतिष्पर्धामा सहभागी हुन पाउनेछन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्