काठमाडौँ, पौष २१ गते शनिबार । टाेखा नेशनल प्याप्सनकाे ऐतिहासिक प्रथम सम्मेलनबाट माेदराज पाण्डेको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।

उपाध्यक्ष बलराम भट्ट, सचिव कृष्ण प्रसाद ढकाल, काेषाध्यक्ष प्रकाश बुढाथाेकी, सह -सचिव विनाेद वराल चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा उत्तम वाग्ले, एक नारायण महर्जन, कृष्ण न्याैपाने, राजन गाैतम, प्राप्ति राणा, राम मणि त्रिपाठी नयाँ कार्य समितिमा  चयन हुनुभएको हो ।

नयाँ कार्य समिति चयन भए पश्चात उच्च स्तारिय शिक्षा आयोगले पेश गरेको प्रतिबेदन अनुसार निजी बिधालयलाई बिस्थापित गर्ने योजनालाई निजी बिधालयको भुमिका अनुसार स्थापित गर्ने प्रतिबद्दता रहेको नब निर्वाचित अध्यक्ष माेदराज पाण्डेले बताउनु भयो ।

नेशनल प्याब्सन काठमाडौंका अध्यक्ष विष्णुप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा, नेशनल प्याब्सन काठमाडौंका केन्द्रिय सदस्य मनाेज श्रेष्ठको बिशेष उपस्थितिमा, प्रदेश सदस्य एवं निर्वाचन समितिका वासुदेव भट्ट, सचिव रुद्रमणि सुवेदी, जिल्ला सह-सचिव बाल कुमार गुरुङ, जिल्ला सह-काेषाध्यक्ष हिक्मत दाहाल, जिल्ला सदस्य एवं तारकेश्वर अध्यक्ष गाेविन्द भट्ट, जिल्ला सदस्य माधव अधिकारी,  बुढानिलकण्ठ अध्यक्ष नारायण बाबू तिम्सिना लगायत महानुभाबको उपस्थिति रहेको थियो ।

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्