ओम पाण्डे /साउदी,

जहाँ संसारका सबै देशबाट पर्यटक, तीर्थालुहरु लाखौं लाखको संख्यामा भेला हुन्छन्, यो त्यहि ठाउँ हो राजा सगरका ६० हजार पुत्रहरु कपिल ऋषिको क्रोधाग्निले भष्म भएका मृतात्माहरुको तरण तारणको लागि भगिरथले अथक तपस्या गरेर स्वर्गकि गंगालाई पृथ्वीमा उतारेर मृतात्माको उद्धार गरेका थिए ।

त्यहि कुराको सम्झनालाई जिवित राख्न भनेर त्यहाँ प्रत्येक मकर संक्रान्तिमा गंगा सागर मेला लगाउने परम्परा चलेर आएको छ । जहाँ महर्षि कपिलको प्रतिमा पनि छँदैछ । रोचक विषय के छ भने गंगा सागरमा प्रतिमा छ अनि मकर संक्रान्तिको १,२ दिन पहिले नै मेला लाग्ने ठाउँलाई गंगाले छोडि दिएर पर सर्छिन र त्यो खाली भएको ठाउँमा गंगा सागर मेला लाग्ने गर्छ ।

तिर्थालुहरुले गंगा सागरमा स्नान गरेर महर्षि कपिलको पूजा गर्छन् अनि महर्षि भगिरथको पनि पूजा सम्झना गर्दै पूजा गर्छन् । गंगा सागर मेला धार्मिक मेला हो, जहाँ सबै धर्मका गुरुहरु, मण्डलेश्वर साथै सम्पूर्ण धर्मानुरागी भेला हुन्छन्, गुरुहरुका मुखारबिन्दबाट वर्षको अमृतवाणी सुनेर कृत कृत हुन्छन् । त्यस अवसरमा धर्म गुरुहरुका आफ्नो आफ्नै अखडा जमाएर भक्त मण्डली सहित गुरुहरु विराजमान हुन्छन् । यो मेला कुम्भ मेला भन्दा कम्तिको हुँदैन, जहाँ धेर जसो भक्तहरु अर्थात् साधु नै साधु देखिन्छन् । त्यो मेलामा सहभागी हुने जसले पनि आफूलाई भाग्यमानी ठान्दछन् ।

यसरी यो माघ महिनाको महत्व भएको बुझिन्छ । यसै माघ महिनामै विवाह पञ्चमी जस्तै श्री पञ्चमी जस्तै श्री पञ्चमी (वसन्त पञ्चमी अर्थात् विद्यादात्री सरस्वती जयन्ती अर्थात् सरस्वती पूजाको पर्व पनि परेकाले पर्वै पर्वको महिना माघ मास हुनाले प्रयागमा भक्तहरु कल्पबास जस्तो कठोर तपस्या गरेर बस्छन् ।

कल्पबास भनेको माघको जाडोमा पनि नदी किनारको बालुवामा ओड्ने ओछ्याउने बिनै आकाश मुनि बसेर तपस्या गरेर बस्नु हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्