काठमाडौँ, भाद्र १९ । सर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार गैरकानूनी रुपमा मदिराजन्य पदार्थको उत्पादन तथा बिक्रीवितरण रोक्न सरकारका नाममा आदेश जारी गरेको हो ।

मदिरा ऐनअनुसार निश्चित समय, उमेर समूह, स्थान र बिक्री स्थलसमेत तोक्ने भनिएअनुसार ऐनको प्रभावकारी कार्यान्वयन गर्न आदेशमा भनिएको छ । आदेशमा महिला हिंसाको मुख्य कारकका रुपमा मदिरा रहेको र मदिराको विज्ञापनमा समेत महिलाको प्रयोग हुने कार्य रोक्न भनिएको छ ।

जुरी नेपालका तर्फबाट अधिवक्ता विष्णुप्रसाद पोखरेलले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले सो आदेश जारी गरेको हो।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्