काठमाडौं, जेठ ३ – नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसको अवसर पारेर अाज एमाले र माअोवादी केन्द्रबीच पार्टी एकता हुने भएकाे छ ।

अाज विहान विहीबार एमालेको पुरानो कार्यालय रहेको ठाउँ बल्खुमा एमालेले आयोजना गरेकाे  मदन आश्रीत स्मृति सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत माओवादी केन्द्रका नेता तथा कार्यकर्ता पनि सहभागी भएका छन् । उत्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मदन आश्रित स्मृति दिवसको दिन पारेर पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो । आजको दिन पार्टी एकता गर्न आफूले नै प्रस्ताव गरेको पनि उहाँले जानकारी दिनुभयो । एकता कार्यक्रममा  एमाले माओवादी दुवै दलका कार्यकर्तालाई दुवै अध्यक्षले संबोधन गर्नेछन भने  एकता संयोजन समितिको बैठक पनि अाजै बस्ने तय भएको छ । एकताको निर्णयलाई अाजै अनुमोदन गरि दुवै दलका केन्द्रिय समितिको बेग्लाबेग्लै बैठक बसी बैठकले पार्टी एकता गर्ने र आ आफ्ना केन्द्रीय कमिटी भंग भएको  ब्यहोराको निर्णय एकै पटक निर्णय भएको जानकारी गराउने भएकाे छ । पार्टी एकता बारेको जानकारी निर्वाचन आयोगलाई दिएर  पत्रकार सम्मेलन गरि औपचारिक निर्णयको जानकारी गराइने भनेर सहमति भएकाे छ ।

 

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्