एजेन्सी, १० पौष २०७५ । पाकिस्तानको भ्रष्टचार रोधी अदालतले सोमबार पुर्व प्रधानमन्त्रि नवाज शरीफलाई भ्रष्टचारको एक घटनामा ७ बर्षको जेल सजाय सुनाएको छ । यो सजाय उनलाई अल अजीजिया घटनामा सुनाइएको थियो । साथै फ्लागशिप इन्भेष्टमेन्ट घटनामा उनलाई रिहा गरिएको छ ।

इस्लामबादको कोर्टले आज शरीफ विरुद्ध चलिरहेको भ्रष्टचारको दुई घटनामा निर्णय सुनाएको थियो । इस्लामवादको जवाफदेही अदालतको न्यायाधिश मोहम्मद अर्षद मलिकले ६८ बर्षिय शरीफ विरुद्ध फ्लागशिप इन्भेष्टमेन्ट र अल अजीजिया घटनामा पछिल्लो हप्ता सुनुवाई पुरा गरे पश्चात निर्णय गोप्य राखेको थियो ।

जवाफदेही अदलातले अगस्ट २०१७ मा शरीफ माथि आयभन्दा धेरै सम्पति राखेको आरोप लगाएको थियो । उच्चतम न्यायलयले शरीफ विरुद्ध चलीरहेको भ्रष्टचारको दुई वटा घटनालाई समाधान गर्नको लागी सोमबार अन्तिम तारिक तय गरेको थियो । दोषी सावित भएमा उनलाई १४ बर्ष सम्मको जेल सजाय हुने अनुमान गरिएको थियो ।

शरीफ निर्णय हुनुभन्दा एक दिन पहिला आइतबार लाहोरबाट इस्लामाबाद पुगेका थिए । डाँन समाचारको खबर अनुसार, जवाफदेही अदालतले उनलाई अदालतमा प्रवेश गर्न रोक लगाएको थियो । न्यायीक परिसर वरिपरि सुरक्षा बढाइएको थियो । अदालत बाहिर र त्यहाँ सम्म पुग्ने सडकमा प्रहरी एवं रेजर्सहरुलाइृ तैनाथ गरिएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्