काठमाडौं । ०७२ सालकाे भूकम्पबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि जापानले नेपाल सरकारलाई अनुदान सहायता उपलब्ध गराउने भएकाे छ । जापान सरकारकै सहयाेगमा बनेकाे साे राजमार्ग पुनर्निर्माणका लागि जापानले १ अर्ब ८ करोड रुपैयाँ अनुदान दिने सम्झाैता गरेकाे हाे ।

अाज (बिहीबार) अर्थमन्त्रालयमा साे सहयाेगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएकाे छ । नेपालकाे तर्फबाट अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र जापानकाे तर्फबाट नेपालका लागि राजदूत मिसामिची साइगोले सम्झाैता पत्रमा हस्ताक्षर गरेका हुन् ।

राजदूत मिसामिचीले जापानले नेपाललाई विगतदेखि नै ठूलाे अार्थिक-प्राविधिक सहयाेग गर्दै अाएकाे बताउँदै याे अनुदान रकम पनि हालसम्मकै सबैभन्दा ठूलोमध्येको एक रहेकाे बताए ।

बिपी राजमार्गकाे कुल लम्बार्इ १६० किलोमिटर रहेकाे छ । पूर्वी तराइलाई राजधानी काठमाडौँसँग जोड्ने याे सडक जापानी अनुदानमै निर्माण भएको हो । बीस वर्षमा पूरा भएको उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको एक महिनापछि नै भूकम्पले प्रभावित बनाएकाे थियो ।

काभ्रेको बनेपाबाट सिन्धुलीको बर्दिबाससम्म जोड्ने यस राजमार्गमा ०७२ सालकाे भूकम्पपछि सवारी अावागमनमा समस्या हुँदै अाएकाे छ । साे सडकमा ठाउँ-ठाउँ पर्खाल भत्किएर तथा भासिएर क्षति पुगेकाे छ ।

अनुदान पाएपछि अब एक वर्षभित्रै मर्मत-सम्भारको काम पूरा गर्ने लक्ष्यका साथ आगामी माघदेखि कार्यसञ्चालन हुने अर्थ मन्त्रालयले बताएको छ ।

साे कार्यक्रममा सक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत साइगोले नेपालको कृषि उत्पादनलाई बजारसम्म पुर्याउने, बालबालिकालाई विद्यालय तथा पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण सिन्धुली सडक पुनर्निर्माणमा जापानले पुनः सघाएको बताए ।

अर्थ सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जापानबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरे ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्