गोरखा, भिमसेन गाउँपालिका-१, मसेलका भुकम्प पिडितलार्इ घर निर्माण सम्पन्नताकाे प्रमाणपत्र दिर्इएकाे छ । मसेलका ११९५ जना लाभाग्राहीमध्ये ८५० घरघुरीलार्इ घर सम्पन्नताको प्रमाणपत्र वितरण गरिएको हाे ।

जिल्लाका ११ स्थानिय तहमध्ये जिल्लामा पहिलाेपटक घर निर्माण सम्पन्नताकाे प्रमाणपत्र वितरण गरेकाे हाे । गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले एक कार्यक्रमका बिच बिहिबार प्रमाणपत्र वितरण गरेका हुन् । ‘यो हाम्रो बिल्कुलै नयाँ योजना हो, यसले घर बनाइसक्नुभएकाहरुलाई सम्मान, बनाइरहनुभएका र बनाउन सुरु नगर्नुभएकालाई पनि प्रोत्साहन गर्नेछ’ उहाले भन्नुभयो ।

सम्पूर्ण मापदण्ड पुरा गरी समयमै घर निर्माण गरेकाहरु मध्येबाट प्रतिनिधि मुलकरुपमा केही लाभग्राहीहरुलाई पहिलो पटक सम्मान हो । ‘सिम्बोलिक रुपमा हामीले मसेलका साबिकको ९ वटा वडाका ५/५ जनाका दरले ४५ जनालाई प्रमाणपत्र वितरण गरेका छौ’ उनले भने ‘पहिले मसेलका अरुलाई पनि वितरण गछौ, अनि यो कार्यक्रम अन्यत्र बिस्तार हुन्छ ।’

कुल ११ सय ९५ लाभग्राही रहेको मसेलमा हाल सम्म ८ सय ५० घर निर्माण सम्पन्न भएका छन् । ति मध्येबाट पहिलो चरणमा ४५ घरलाई प्रमाणपत्र वितरण गरिएको र बाँकी घरलाई पनि क्रमश वितरण गरिने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार मार्फत मसेलमा खटिएका इन्जिनियर नबराज दोरङ्गाले जानकारी दिनुभयो ।

मसेलका १ हजार ७५ लाभग्राहीले घर निर्माण सुरु गरेका छन् भने हाल सम्म १२३ लाभग्राहीले घर बनाउनै थालेका छैनन् । १ हजार १ सय ६ लाभग्राहीले पहिलो किस्ताको रकम बुझेका छन भने ८९ जना हाल सम्म योजना सम्झौता समेत गरेका छैनन् ।

१ हजार ४२ जनाले दोश्रो र ८ सय ७८ ले तेश्रो किस्ता समेत लगेका छन् । ति मध्ये १ सय ४५ घर सेभ चिल्डेनको आर्थिक सहयोगमा निर्माण भएका हुन् । मसेलका १९५ जना भुकम्प पिडितलार्इ सेभ दि चिल्डेनले सहयाे गरेर घर निर्माण भएकाे हाे भने करिब १ हजार भुकम्प पिडितका घर अत्याअाबसिक अावास परियाेजना पुर्ननिर्माण परियाेजनाकाे प्राविधिक सहयाेगमा निर्माण भएकाे हाे ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्