गोरखा, १७ भदौ २०७५

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा भिमसेन थापा गाउँपालिका वडा न २ मा खुल्ला तीज गीत प्रतियोगिता को आयोजना गरिने भएको छ । आर्थिक बर्ष २०७५\७६ को पूर्व निर्धारित कार्यक्रम अनुसार धर्म, सस्कृति, परम्परा संरक्षण एबम प्रवद्वन गर्ने उदेश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

उक्त प्रतियोगितामा भिमसेन थापा गाउँपालिका वडा न २ भित्र रहेका महिला समूह, आमा समूह लगायत सम्पूर्ण आमा, महिला दिदि बहिनीहरुलाई प्रतियोगितामा भाग लिन आव्हान गरको छ ।

खुल्ला तीज गीत प्रतियोगितामा प्रथम पुरस्कार पाच हजार रुपैया नगदराशी, त्यसैगरी द्रितिय पुरस्कार तीन हजार पाच सय रुपैया नगदराशी, त्यसैगरी तृतीय पुरस्कार दुइ हजार पाच सय रुपैया नगदराशी र सान्त्वना पुरस्कारमा नगदराशी एक हजार पाच सय रुपैया नगदराशीले सम्मान गरिने भिमसेन थापा गाउपालिकाका वडा अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

खुल्ला तीज गीत प्रतियोगिता भाद्र २७ गते हरितालिका तीजको दिन श्री सिद्दिकाली मा.बि को प्रांगणमा बिहान १० बजेदेखि सुरु हुने गाउपालिकाले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्