गोरखा, २७ असोज २०७५ । हिन्दुहरुको महान पर्ब बडादशैको उपलक्ष्यमा कला सस्कृती,परम्पराको जगेर्ना तथा सिद्धकाली मन्दिर पर्यटन प्रबर्द्धनका लागि भिमसेन थापा गाउँपालिका वडा न २ मा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने बृहद सास्कृतिक कार्यक्रम सिद्धकाली मन्दिर परिसर, तान्द्राङकोटमा यहि कात्तिक १ गते बिहीबारका दिन हुने भएको छ । सम्पूर्ण भिमसेन थापा गाउपालिकाबासी तथा गाउपालिका आसपासका आफुलाई पायक पर्ने ठाउबाट कार्यक्रम हेरेर मनोरन्जन लिनका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
उक्त कार्यक्रम बिहान १० बजेदेखि संचालन हुने आयोजकले जनाएको छ ।