गोरखा, २२ कात्तिक २०७६ । गोरखा जिल्ला भिमसेनथापा गाउँपालिका ४ धावामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट पचास जनाभन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस भिमसेनथापा गाउँ कार्य समितिको आयोजनामा, गाउँ कार्य समितिको बैठकबाट धावामा नेकपाबाट ५० जनाभन्दा बढी कांग्रेसमा प्रबेश गरेका हुन ।

भिमसेनथापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे, भिमसेनथापा गाउँपालिकाका उपाध्यक्ष बिनु वाग्ले, नेपाली कांग्रेस भिमसेनथापा गाउँ कार्य समितिका पूर्व महाधिबेशन प्रतिनिधि तथा ने का जिल्ला कार्य समिति गोरखाका सल्लाहकार ठाकुर पुडासैनीले पार्टीको सदस्यता वितरण गर्नु भएको थियो ।

नेपाली कांग्रेस भिमसेनथापा गाउँ कार्य समिति धावाका सभापति शिवनाथ लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रमममा नेकपा पार्टी परित्याग गरी कांग्रेसमा प्रबेश गर्नु भएका सम्पूर्णलाई स्वागत गर्नु हुदै भिमसेनथापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे, उपाध्यक्ष बिनु वाग्ले, नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाका सल्लाहकार ठाकुर पुडासैनीले मन्तब्य राख्नु भएको थियो ।