काठमाडौँ, मंगलबार, ९ असार २०७७ । भारतीय सीमा सुरक्षामा खटिएका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको छ ।

जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक सोमबार बिहान भएको गोलीबारीमा भारतीय सेनामा कार्यरत एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो ।

गोलीबारीमा परेर जम्मू–कश्मीरको नौसेरा क्षेत्रको रजौरी जिल्लामा खटिएका हवलदार दीपक कार्कीको मृत्यु भएको हो । गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मृत्यु भएको हो ।

३७ वर्षीय कार्की गुल्मी जिल्ला निवासी भएको भएको बताइएको छ । भारतीय सेनाको ड्युटीमै रहेका बेला नेपाली नागरिकको मृत्यु भएको पहिलो घटना भने होइन । भारत–पाकिस्तान सीमाक्षेत्रमा पछिल्लो समय बढ्दो तनावको कारण भारतीय सेनामा कार्यरत नेपाली गोर्खा सैनिकले ज्यान गुमाइरहेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्