काठमाडौं, २३ कात्तिक २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय थिचोमिचो आफुहरुलाई पटक्कैस्वीकार नुहने बताउनु भएको छ ।

भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा लिपुलेक, कालापानी लगायत नेपाली भू–भागलाई समेटेको विषयमा चर्को विरोध भइरहेका बेला प्रवक्ता श्रेष्ठले यस्तो टिप्पणी गर्नुभएको हो ।

‘‘बिश्वमा साम्राज्यवादी उपनिवेशवाद हावी हुँदा र छिमेकी देशहरु उपनिवेश हुँदा समेत कहिल्यै कसैको प्रत्यक्ष उपनिवेश नभै सार्वभौम र स्वतन्त्र रुपमा ठिङ्ग खडा भएको देश हो नेपाल’ समाजिक सञ्जाल मार्फत आफ्नो प्रतिक्रिया व्यक्त गर्दै प्रबक्ता श्रेष्ठले भन्नुभयो, ‘भारत वा कसैको पनि अतिक्रमण वा थिचोमिचो हामी किमार्थ स्विकार्दैनौं।’

उहाँले भन्नुभयो, ‘यसमा हामी एक र अबिचल छौं सबैले राम्ररी बुझोस् ।’ सरकार ठूला शक्ति राष्ट्रका सबै एजेण्डामा नेपाल सहमत नहुने उहाँले प्रष्ट पारेको छ ।